आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

पोखरामा रोटरी युथ लिडरसीप अवार्डको तयारी, ५० जनाको सहभागिता रहने

पोखरामा रोटरी युथ लिडरसीप अवार्डको तयारी, ५० जनाको सहभागिता रहने


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०८०, बुधबार

पोखरा / पोखरामा रोटरी डिस्ट्रिक ३२९२ ले आयोजना गर्ने रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रमको तयारी तीब्र पारिएको छ ।
आगामी पुस २६ देखि २९ गतेसम्म पोखराको लेवाडेमा हुने रोटरी युथ लिडरसीप अवार्ड (राइला) कार्यक्रमको तयारी व्यापक बनाइएको राइलाका चियर राजेन्द्र लिगलले जानकारी दिए ।

उनका अनुसार सो कार्यक्रममा १६–२० वर्ष उमेर समूहका ५० जना युवाको सहभागिता रहने छ । उनले युवाहरुलाई नेतृत्वदायी भूमिकामा पु¥याउने र नेतृत्व केहो भन्ने बुझाउन रोटरी युथ लिडरसिप अवार्ड (राइला) कार्यक्रम आयोजना गरेको बताए ।

रोटरी युथ लिडरसिप अवार्ड कार्यक्रममा रोटरीसंग सम्बन्धीत विज्ञ व्यक्तिहरुले उत्पेरक तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गर्ने जनाइएको छ । सहभागीहरुको क्षमता दक्षता र सिकाइको आधारमा युवा नेतृत्व छनौट गर्दै अवार्ड प्रदान गरिने छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->