आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

नाबालिग करणीको आरोपमा होटल संचालकसहित २ जना पक्राउ

नाबालिग करणीको आरोपमा होटल संचालकसहित २ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८०, शनिबार

पोखरा/ नाबालिगलाई जबरजस्ती करणी गरेको आरोपमा पोखराबाट दुईजना पक्राउ परेका छन् भने एक जना फरार भएका छन् । पोखरा महानगरपालिका ११ गण्डकी अस्पताल नजिकै रहेको होटल अजम्बरीका संचालन विनय गुरुङ र कर्णबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

अर्का एकजना भने फरार रहेको प्रहरी स्रोतले बताएका छन् । उनीहरुलाई सिभिल प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि होटलमा लगी एक नाबालिगलाई करणी गरेको आरोप छ । त्यतिमात्रै होइन, उक्त होटलमा नाबालिगहरुलाई यौन क्रियाकलापमा लगाउने गरेको समेत स्रोतको दाबी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले दुईजना पक्राउ परेको पुष्टि गरे । ‘यो सम्वेदनशील घटना हो । नाबालिग करणीको आरोपमा पक्राउ गरी अनुन्धान गरिरहेका छौं,’ उनले भने । एक स्थानीयका अनुसार विनय गुरुङ युवा संघमा आबद्ध रहेका छन् । उनका अनुसार घटनालाई कमजोर बनाउने प्रयास समेत भइरहेको छ । ‘यहाँ घटनालाई कमजोर बनाउन दुई राजनीतिक दलका नेता नै लागेका छन् । पीडितलाई न्याय दिनुका साँटो उल्टै दबाबमा राख्ने किसिमका खेलहरु खेलिरहेका छन्,’ स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->