आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

मतदाता नामवलीमा नाम नभेटिएपछि एमाले उम्मेदवारको मनोनय भएन्

मतदाता नामवलीमा नाम नभेटिएपछि एमाले उम्मेदवारको मनोनय भएन्


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८०, सोमबार

जनकपुर / राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा (एमाले)ले टिकट दिएका अर्जुनकुमार सिंह राजपुतले मनोनयन दर्ता गर्न पाएनन्।

एमाले केन्द्रीय सचिवालयले राजपुतलाई मधेश प्रदेशमा अन्यतर्फ उम्मेदवार बनाउने निर्णय गरेको थियो। सोमबार बिहान पार्टीले दिएको टिकट बोकेर उनी जनकपुरस्थित निर्वाचन अधिकृतको कार्यालयले पुगेका थिए।

उम्मेदवारी दर्ता गर्न खोज्दा मतदाता नामावलीमा उनकाे नाम भेटिएन। उनले मतदाता नामावलीमा नाम दर्ता नगराएका कारण उम्मेदवारी दर्ता गर्न नमिलेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचन अधिकृतको कार्यालयबाट फर्किंदै गर्दा राजपुतले भने, ‘प्राविधिक कारणले उम्मेदवारी दर्ता गर्न सकिएन।’

मधेश प्रदेशमा एमालेले महिलातर्फ पर्साकी उषादेवी थरूनी र अन्यतर्फ महोत्तरीका राजपुतलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->