आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

गण्डकीमा एमाले, सत्ता गठबन्धन र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता

गण्डकीमा एमाले, सत्ता गठबन्धन र राप्रपाका उम्मेदवारको मनोनयन दर्ता


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८०, सोमबार

पोखरा / राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

एमालेबाट महिलातर्फ गोरखाकी सम्झना देवकोटा, अन्यतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली र अपाङ्गता भएका वा अल्पसंख्यकबाट मुस्ताङका हेमन्त शेरचनाले उम्मदेवारी दर्ता गराएका छन् ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अन्य तर्फ कास्कीका रोमबहादुर भण्डारी र महिलातर्फ तनहुँकी गौमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेसबाट अन्ततर्फ गोरखाका किरणबाबु श्रेष्ठ र अपाङ्गता भएका वा अल्पसंख्यकबाट तनहुँका पदम परियारले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, माओवादी केन्द्रबाट महिलातर्फ पर्वतकी मनरुपा शर्मा सुवेदीले उम्मेदवारी दर्ता गराएकी छन् । गण्डकीमा महिला १, अपाङ्गता भएका वा अल्पसंख्यकमध्येबाट १ र अन्य १ सिटका लागि निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->