आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

भिमाद जिप दुर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो

भिमाद जिप दुर्घटनामा ज्यान जानेको संख्या २ पुग्यो


  • जनमञ्च संवाददाता
  • पुष २५ २०८०, बुधबार

दमौली/तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा बुधबार भएको जिप दुर्घटनामा मृतकको संख्या दुई पुगेको छ ।
पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।
सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा दशजना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->