आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

अमेरिकामा ठगी गरेका पंकजलाई नेपालमा ३ करोड जरिवाना

अमेरिकामा ठगी गरेका पंकजलाई नेपालमा ३ करोड जरिवाना


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

काठमाडौं / विशेष अदालतले सम्पत्ति शुद्धिकरण मुद्दामा पंकज जोशीलाई २ करोड ६ लाख ३१ हजार रुपैयाँ जरिवाना ठहर गरेको छ। उनको खातामा रहेको मौज्दात ७७ लाख रुपैयाँ जफत हुने गरी सम्पत्ति शुद्धिकरणको मुद्दा ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई, रितेन्द्र थापाको इजलासले बुधबार सम्पत्ति शुद्धिकरणको मुद्दा ठहर गरेको हो।

३४ वर्षे जोशीले संयुक्त राज्य अमेरिकामा त्यहाँका एक नागरिकलाई परेको चिट्टा आफूलाई परेको दाबी गरेर रकम लिएका थिए। त्यसपछि उनलाई ठगी गरेको आरोपमा अमेरिकाको टेक्सासमा ठगी मुद्दा परेको थियो।

जोशीले अमेरिकाको जेपी मोर्गन चेज बैंकबाट नेपालको बैंक अफ काठमाडौंमा ट्रान्सफर गरी डलर पठाएका थिए। त्यसपछि अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले सम्पत्ति शुद्धीकरण विभागमा पत्र पठाएको थियो। त्यसै आधारमा विभागले अनुसन्धान गरेको थियो।

विभागले अनुसन्धान गरी जोशीले सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा ४ को खण्ड ग बमोजिम निषेधित ठगी गरेको ठहर गर्दै मुद्दा दर्ता गरेको थियो।

जोशीले अमेरिकाबाट आफ्नो खातामा २ लाख ९० हजार अमेरिकी डलर जम्मा गरेका थिए। त्यस रकमबाट हुन आउने २ करोड ८ लाख ८३ हजार रुपैयाँ बिगो कायम गरी जरिवाना, कैद सजायसहित माग गर्दै सम्पत्ति शुद्धीकरण विभागले मुद्दा दर्ता गरेको हो।

विभागले मुद्दा दर्ताको क्रममै जोशीको नाममा आइसीएफसी फाइनान्समा खातामा देखिएको मौज्दात रकम ७७ हजार जफतको मागदाबी गरिएको थियो। मागदाबी अनुसार विशेष अदालतले जोशीको नाममा बैंकमा रहेको रकम पनि जफत गरिदिएको हो।

सम्पत्ति शुद्धीकरण विभागले २०७७ चैत १३ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। विशेषले पुस १७ मा कसुर ठहर गरेको थियो भने बुधबार पुस २५ मा सजाय निर्धारण गरेको हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->