आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

बम्जन कारागार चलान, धुप लिएर सडकमा बसे समर्थक

बम्जन कारागार चलान, धुप लिएर सडकमा बसे समर्थक


  • ढोरपाटन संवाददाता
  • पुष २६ २०८०, बिहिबार

काठमाडौं / तपस्वी रामबहादुर बम्जनलाई महोत्तरी कारागार चलान गरिएको छ। बिहीबार सर्लाहीका जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै बम्जनलाई सर्लाहीबाट महोत्तरी कारागार लगिएको हो।

सर्लाही कारागारमा राख्ने ठाउँ नभएपछि बम्जनलाई महोत्तरी पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी प्रविण धितालले जानकारी दिए। बम्जनले आफ्नै आश्रममा बस्ने आनीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा जाहेरी परेको थियो।

बलात्कृत भएपछि २०७५ मा आनीले आश्रम छाडेर बम्जन विरुद्ध प्रहरीमा उजुरी गरेकी हुन्। २०७६ माघमा सर्लाही प्रहरीले आनीलाई बाल यौन दुर्व्यवहार गरेको मुद्दा दर्ता गरेर बम्जनबारे अनुसन्धान थालेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मंगलबार राति साढे ७ बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ हात्तीगौडास्थित उनको घरबाट पक्राउ गरेको थियो।

फरार रहेका बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले गत मंगलबार पक्राउ गरेको थियो।

अदालतभित्र बहस चल्दै गर्दा बिहानैदेखि बमजनका समर्थक तथा भक्तहरूको अदालत अगाडि घुइँचो लागेको थियो। साँझपख निस्किने समयमा उनीहरू अगरबत्ती लिइ बसेका थिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->