पोखरा/ महिला तथा बालबालिकालाई फकाएर सुनका गहना चोरीको अपराधमा ९ महिना जेल बसेर छुटेकी महिला पुनः सोही अभियोगमा पक्राउ परेकी छन् ।
कास्की प्रहरीले पर्वतको मोदी गाउँपालिका ६ स्थायी घर भइ हाल पोखरा ४ गणेशटोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई यही पुस २० गते प्ुनः चोरीका सामानसहित पक्राउ गरेको हो । निज महिलाले पुस २० गते पोखरा १२, शितलादेवी स्कूलबाट स्कूलमा अध्ययनरत ६ वर्षीया बालिकालाई फकाइर कानमा लगाएको दुई थान मुन्द्रा उछिट्याएकी र निजको घरमा पुगेर खुत्रुकेमा रहेको २ हजार २४० रुपैयाँसमेत लगेकी थिइन् ।
तीमहिलाले यसअघि १२ जना महिला तथा बालबालिकालाई ललाइफकाइ सुन चोरेको प्रहरीको भनाइ छ । महिलामाथि चोरी तथा डाँकासम्बन्धी मुद्दामा दिन सात (७) म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जनाए ।





