१.केही समय केही पल आउ कुरा गरौँ
तडपाएर कहीँ पनि नजाउ कुरा गरौँ
दुख ,पीडा, तनाव मानव सबैलाई पर्छ
हामी पनि आफ्नै संसारमा रमाउ कुरा गरौँ ।
२. पैसाबिना पाउँदैन जहर स्वार्थी छ
सान्वना दिन आउनेको लहर स्वार्थी छ
भविष्य बनाउने सपना बोकेर आउँछन्
यो राजधानी यो सहर स्वार्थी छ ।
३. धीर हुनुपर्ने सहनशील हुनुपर्ने
हामी पनि त परिवर्तनशील हुनुपर्ने
शोषण, दबाब, वेदना सहेर कहिलेसम्म ?
गारिब वर्ग सधैं लगनशील हुनुपर्ने
४. आउ सताउ सताएको मनपर्छ
तिम्रो स्पर्शले हटाएको मनपर्छ
बाधिएर अङ्गालोमा शयनकक्षमा
मनका बात मन्दगतिमा बताएको मनपर्छ
५. छन् भन्छन् अवसर सहरमा
म त नजाउ भन्छु सकभर सहरमा
पैसा, शक्ति र सत्ताको चलखेलले
झन खुम्चिने रहेछन् रहर सहरमा





