बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

धनिरामको गोरू मंचन हुँदै

धनिरामको गोरू मंचन हुँदै


  • ढोरपाटन संवाददाता
  • माघ १६ २०८०, मंगलबार

पोखरा/ पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलनमार्फत् सोमबार जानकारी गराइएको छ ।

प्रत्येक दिन बेलुका ५ बजे नाटक मंचन हुने अध्यक्ष सावित्रा पाठक (सबु) ले जानकारी गराइन् । उनका अनुसार शनिबार १ बजे पनि नाटक मंचन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन । पोखरामा नाटक मंचनलाई बढ्वा दिनेउद्धेश्य स्वरूप आफू र आफ्नो टीम अगाडि बढेको उनले उल्लेख गरिन् ।

नाटककार केदार नाथ पौडेलले धनिरामको गोरू विशुद्ध नेपालीपन कथा भएको उल्लेख गरे । उनले भने,‘धनीरामको गोरू आफ्नो पनको कथा हो । ग्रामिण समाज र त्यहाँको किशानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।’ नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रु , मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ । पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटकमार्फत उठाउन खोजिएको छ । प्रविधिको प्रयोग राम्रो सङ्ग नगर्दा के कस्ता समस्या हुन्छन् विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए । पौडेलले पोखरेली नाटकलाई माथी उठाउन सबै एक हुनुपर्ने आवश्यक्तालाई औंल्याएका छन् ।

१ घण्टा १५ मिनेटको नाटक धनिरामको गोरू हेर्नका लागि टिकट काट्नुपर्ने छ । ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेर मात्र नाटक हेर्न पाइनेछ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ । पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।

नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भुमिकामा छन् । नाटकमा गुरुङ सङ्गै विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत , अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ । २०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मंचन गर्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->