पोखरा/ ‘सिर्जनाको मूल्य हुन्छ’ भन्ने मान्यतामा टेकेर ४५ वर्षअघि पोखरामा सुरु गरिएको टिकटमा मुक्तक कार्यक्रमको पुनरावृत्ति भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारले शनिबार १० वर्षपछि पुनः टिकटमा मुक्तक कार्यक्रमको पुनः आयोजना गरेको हो ।
शनिबार पोखरा उद्योग वाणिज्य संघको प्रेक्षालयमा आयोजित ‘टिकटमा मुक्तक’ मा त्यो बेला मुक्तक सुनाएका सरुभक्त,विश्वविमोहन श्रेष्ठसहितका अग्रजसहित अनुज कलाकारहरुले पनि गजल वाचन गरे । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले ऐतिहासिक कार्यक्रमको निरन्तरतासँग पोखरालाई मुक्तकको सहरको रुपमा चिनाउन पाएकोमा खुसी जताए । पोखराका मेयर धनराज आचार्यसहित गजलप्रेमीको बाक्लो सहभागिता रहेको कार्यक्रमलाई निरन्तरता दिने उनको अठोट थियो ।





