शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरामा कखराको चर्चा

पोखरामा कखराको चर्चा


  • ढोरपाटन संवाददाता
  • माघ २८ २०८०, आइतबार

पोखरा/ ¥यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा ‘कखरा’ उपन्यासमाथि चर्चा गरेको छ ।
साहित्यकार हरिहर तिमिल्सिनाको शैक्षिक उपन्यास ‘कखरा’ माथि परिचर्चा गर्दै सोसाइटीकै पुस्तक छनोट समितिकी सदस्य हसिना बस्नेतले उपन्यास शिक्षक, विद्यार्थी र अभिभावकले पढ्नैपर्ने कृति भएको धारणा राखिन् । उनले कखरालाई नेपाली साहित्यमा किशोरावस्थाका बालबालिकाहरूको मनोविज्ञानको अध्ययन गरी लेखिएका एकदम थोरै पुस्तकमध्येको एक भएको बताइन । बस्नेतले थपिन्,‘आर्दश विद्यालयको परिकल्पना र योजना प्रस्तुत गरिएको यो किताबलाई शिक्षाका नीति निर्माणकर्ता, हरेक अभिभावक, शिक्षक, सञ्चालक सबै सबैले पढ्नैपर्ने पुस्तकको सूचीमा राख्न सकिन्छ ।’

उपन्यासकार तिमिल्सिनाले सबैभन्दा बढी पढ्नुपर्ने वर्ग शिक्षक भएकोमा जोड दिँदै उनीहरूले पढेमात्र विद्यार्थीमा पढ्ने बानी बसाल्न सकिने धारणा राखे । हामीले परम्परागत रूपमा पढाउँदै आएका पाठ्यपुस्तकले संसारमा १० प्रतिशत मात्रै व्यावहारिक जीवनमा काम गरेको तथ्य भेटिएको बताउँदै उनले बालबालिकालाई स्वतन्त्र पढाइमा आकर्षित गर्नुपर्नेमा जोड दिए ।

सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कवि रमेश श्रेष्ठ, ध्रुव केसी, कृष्ण केसी, ईशा शाह, रीता अधिकारी ‘ऋतु’, सुरेश लम्साल, गीता लामिछाने, जीवनसागर भण्डारी, डा. भूमिराज बस्ताकोटी, सुरज पौडेल, लोचना अधिकारी, गीता तिवारी, धर्मेश जैसवाल, भीम न्यौपानेलगातयले टिप्पणी गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नेपालप्रकाश अधिकारीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->