आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

‘अलिखित पाना’को विमोचन

‘अलिखित पाना’को विमोचन


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८०, सोमबार

स्याङ्जा/गुप्ततारा स्मृति प्रतिष्ठान वालिङ स्याङ्जाले वालिङ नगरपालिका–६, मिर्दीमा कथाकृति विमोचन तथा विमर्श कार्यक्रम गरेको छ । कार्यक्रममा आख्यानकार अनन्त अर्यालको कथा कृति ‘अलिखित पाना’को विमोचन गरिएको थियोे । अर्यालको यो तेस्रो कृति हो । कथाकृतिको समीक्षक डा टंकप्रसाद पन्थद्वारा समीक्षा गरेका थिए ।
कार्यक्रममा अग्रज स्रष्टा डा. शंकरप्रसाद गैरे, कविहरु शम्भु अर्याल, सिजन अर्याल, स्मारिका अर्याल, मिलन समिर, पारिश्वर न्यौपाने, घनश्याम अधिकारी, डिल्लीराम भण्डारी, खगेन्द्र अर्याल, नारायण प्रसाद रेग्मी, कमल प्रसाद बगाले, देवराज गैह्रे, चण्डिका प्रसाद भट्टराई, लेखनाथ काफ्लेलगायतले कविता, गीत, गजल र मुक्तक रचनाहरु वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->