पाेखरा / कास्की एमालेको अध्यक्षमा बैनबहादुर क्षेत्री विजयी भएका छन । उनी निवर्तमान सचिव समेत हुन । गत शनिबारदेखि देखि सुरु भएको एमाले कास्कीको ११ औँ अधिवेशनमा बुधबार साँझदेखी बिहिबार अपरान्हसम्म मतदान भएको थियो ।
विद्दुतीय मतदान भनेतापनी ९३५ मतदातामध्ये सहभागी ९१४ मतदातालाई मतदान गर्न २० घण्टा लागेको थियो । अन्ततः सार्वजनिक मतपरिणाम अनुसार क्षेत्रीले ५५१ मत ल्याएर विजयी भए ।
क्षेत्री एमाले केन्द्रिय नेता खगराज अधिकारी समुहका उमेदवार हुन । अर्का नेता तथा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट उमेदवार माधव बास्तोलाले ३४७ मत ल्याए । बैनबहादुरले २०४ मतको फराकिलो अन्तरका साथ विजयी भएका हुन ।
स्वतन्त्र प्रतिस्पर्धी विवेक त्रिपाठीले १७ मत ल्याए । यस्तै उपाध्यक्षमा भेषराज बराल ५२७, सचिवमा दर्शन लामा ५९५, उपसचिवमा लालबहादुर परियार ५८१ र सन्तु सुवेदी ५१० विजयी भएका छन ।
यी सबै अधिकारी समुहका उमेदवार हुन । पृथ्वीसुब्बा समुहबाट उपाध्यक्षका उमेदवार शिव आचार्य ३८८, सचिव सुरेन्द्र गुरुङ ३२०, उपसचिवद्वय राधिका शाही योगी ३४४ र गीता विश्वकर्माले ३३४ मत प्राप्त गरे । सदस्यमा पनि अधिकांश खगराज समुहकै बढी निर्वाचित भएको निर्वाचन कमिटी संयोजक भगवती पहारीले जानकारी दिइन ।
सबै पदको निर्वाचनमा कस्ले कति मत प्राप्त गरे हेर्न यहाँ क्लिक गर्नुहोस्– अन्तिम मत परिणाम





