बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पोखरामा विश्व रंगमञ्च दिवसमा कविता मञ्चन

पोखरामा विश्व रंगमञ्च दिवसमा कविता मञ्चन


  • ढोरपाटन संवाददाता
  • चैत्र १६ २०८०, शुक्रबार

पोखरा/पोखरामा विश्व रंगमञ्च दिवस कविता मञ्चन कार्यक्रम गरेर मनाइएको छ । पोखरा थिएटरको आयोजनामा भएको ‘रंगमञ्चमा कविता’ कार्यक्रममा कवि राजु स्याङ्तानका तीन कविता मञ्चन गरिएको हो । नारायण न्यौपानेको परिकल्पना र निर्देशनमा भएको मञ्चन कार्यक्रममा न्यौपाने सहित कुमार तामाङ र ज्यास्मिन नेपालीले कविता वाचन गरेका थिए । कवितामाथि रंगकर्मी रमेशबाबु तिमल्सिना, रोशनी रामदाम, अनुशा परियार, मिलन श्रेष्ठ र रोहित पौडेलले अभिनयकला देखाए ।

कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त श्रेष्ठले रंगमञ्च दिवसको विश्व सन्देश वाचन गरेका थिए ।
रंगमञ्चका विविध पक्षका बारेमा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक श्रवण कुमार बिक, संस्कृतीकर्मी डा.तुलसी प्रभास, शिक्षाविद् अरुणा शेरचन, पोखरा थिएटरका अध्यक्ष परिवर्तन, इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेल, रेनेसा थिएटरका अध्यक्ष एमडी काफ्ले, पद्यमा थिएटरका सुमन कार्की, पोखरा थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङ र सञ्चारकर्मी रघुनाथ वाग्लेले भनाइ राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->