पोखरा/ गजल सन्ध्या र नवनित साहित्य सागरको आयोजनामा सन्चालन हुँदै आएको अक्षरयात्राको २०९ औ श्रृङखला पोखरा महानगरपालीका वडा न २८ ठुलाकोटमा सम्पन्न भएको छ । लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको स्थानिय समन्वयमा भएको कार्यक्रम गजल सन्ध्या पोखराका अध्यक्ष मन क्षेत्री र लायन्स क्लव अफ पोखरा कालीका भ्यु टाउनको अध्यक्ष दीनेशबाबु खड्काको सम्युक्त अध्यक्षतमा सम्पन्न भएको छ । हरेक महिनाको तेस्रो शनिवार सन्चालन हुने अक्षरयात्रा कार्यक्रममा रचनाकारहरु सोही स्थानमा पुगी रचना सृजना गरी वाचन गरिन्छ ।
पोखरा महानगरपालिका वडा न २८ मा अवस्थित ठुलाकोट बाट कास्कीको विभिन्न स्थान दृश्यावलोकन गर्न सकिन्छ भने ठुलाकोट कुलमण्डल शाहका साइला छोरा चैतु शाहले राज्य गरेको स्थानको रुपमा प्रचलित छ । कार्यक्रम संयोजक लक्ष्मण तिमिल्सिनाले स्वागत गर्दै मुक्तक सुनाएर रचनावाचन सुरुवात गरिएको थियो ।





