पोखरा/ खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारले सरकारी अस्पतालका ओपीडी बिहान ७ देखि साँझ ७ बजेसम्म खोल्ने निर्णय गरेको छ । आईतबार अधिकारीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
बैठकले सरकारका प्रवक्ताको जिम्मेवारी विना विभागीयमन्त्री हरिबहादुर चुमानलाई सुम्पेको छ भने आवश्यक थप कानून निर्माण गर्ने भएको छ ।





