बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीन छोटा कविता

तीन छोटा कविता


  • सुरेश राई
  • बैशाख ८ २०८१, शनिबार

१. बिदाइ
स्वीच अफ गर्न खोज्दा
मोबाइलले पनि त
एकफेर अनलक गरी माग्छ

म निभ्नुअघि
एक कसिलो अँगालो
एक अविस्मरणीय मुस्कान
एक भद्र शालीन चुम्बन
दिएर मलाई
अनलक गरेर पठाऊ ।

२. गल्ती
घुम समय उल्टो घुम
र लैजा मेरो विगतमा
मलाई यौटा कुरा गर्नु छ

ऊ राजी थिई यो अँगालोमा
मैले होस सम्हालेँ अन्तमा
एक गल्ती त्यहाँ छुटेको छ
त्यो गल्ती पूरा गर्नु छ
त्यो गल्ती पूरा गर्नु छ
घुम समय उल्टो घुम ।

३. बैगुनीको गीत 
दश वर्ष काम गरेर जानेहरूको
दुर्गुण गाउँछ मालिक
काम गरेको दश दिन हुनेहरूको
गुणगान गाउँछ मालिक

जानेहरूको कुरा काट्नु
आउनेहरूको तारिफ गर्नु
सायद
उनीहरूको फेवरेट गीत हो !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->