बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लघुकथा : सुरक्षा

लघुकथा : सुरक्षा


  • ईश्वर पोखरेल
  • साउन ५ २०८१, शनिबार

चोरको बिगबिगी छ । कोठामा श्रृतिक एक्लै छ र उसलाई बजार जानु छ । श्रृतिकले घरका अन्य कोठाको चालचुल बुझ्यो, कोही भएजस्तो लागेन ।

श्रृतिकले सोच्यो– ताल्चा लगाउँछु र जान्छु । नजिकै पुलिस चौकी पनि छ । अँऽऽऽ त्यो त सधैँ छ ।

फेरि सोच्यो- अचेल चोरहरू जब्बर हुन्छन् । कस्ताकस्ता हतियार लिएर हिँड्छन् । कस्ताकस्ता बलिया ताल्चा काट्छन् । चोर आयो भने यस्तो जाबो ताल्चा काट्न उसलाई के आइतबार ! चोर आयो भने ढोकामा ताल्चा लगाएको रहेछ भनेर पक्कै उसै फर्किंदैन ।

कपडा लगाएर श्रृतिक कोठाबाहिर निस्कियो । र्‍याकबाट दुईजोर जुत्ता निकाल्यो । एकजोर लगायो । र, एकजोरचैँ आफू कोठाभित्र पस्दा ढोकासामु जुत्ता जसरी रहन्थ्यो, ठिक त्यसैगरी राखिदियो ।

ढोका ढप्क्याएपछि उसै वा हावाले खुल्थेन । श्रृतिकले ढोकामा ताल्चा लगाएन । चुकुल पनि लगाएन । र, बजार गयो ।

ढोकामा ताल्चा लगाएर बजारतिर निस्किँदा कोठाको सुरक्षालाई लिएर श्रृतिक सधैँ धुकचुकमा रहन्थ्यो । आज ऊ केही निश्चिन्त थियो ।
महालक्ष्मी-३, ललितपुर

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->