बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
मालढुंगामा काली तरी घुम्ती बाटो जाउँला
बागलुङ काली मन्दिरमा वरदान मागौला
शालिग्राम गुफा हुँदै पञ्चकोट पसौला
केही छिन घुमेपछि कम्मर कसौंला
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
धूप बत्ती फुलपाती बटुलेर सामा
कारीकोट भूमे हुँदै जाम्ला मालिकामा
सिद्वपीठ मालिकाको दर्शन गरौंला
इच्छा पूरा होस् भन्दै शरण परम्ला
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
माथि पर्यो संसारकोट तल काली गंगा
मालिकामा पुगेपछि हुन्छ मन चङ्गा
उता हेर्यो माछापुच्छ्रे धौलागिरी ताँती
हाम्रा आँखा शिखरमा पुग्छन् माथि माथि
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
मन्दिरको वरिपरि सल्लेरीको वन
हरियाली हेर्दा खेरी रमाउँछ मन
ढुङ्गेधारा पानी पिई फूलपाती चढाम्ला
सिद्व पि मालिकामा भक्ति भाव् बढाम्ला
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
इच्छा पुरा गराउने मालिका भवानी
दर्शन गरौं संगै जाऊँ कठिन नमानि
मन्दिरको नजिकमा किसानीको गाउँ
जता हेर्यो उती राम्रो मालिकाको ठाउँ
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
मनको इच्छा पुराउने मालिकाको ठाउँ
एक पाली त दर्शन गर्न कसै गरी जाउँ
रमणिय ठाउँ यो छ मन लोभ्याउने
एकपालि गयौं भने मोहनी लगाउने
बागलुङ कालिका
तीजमा संगसंगै जाउँला मालिका
(कालिका कालनाशाय दुःख नाशाय मालिका
भवानी भयनाशाय शत्रु नाशाय चण्डीका ।)





