स्याङ्जा/ पुतलीबजार नगरपालिका-१ मा कविता महोत्सव अर्थात् खुल्ला कविता प्रतियोगिता २०८१ हुने भएको छ । पुष्प–चन्द्र ट्रष्टले संस्थापक चन्द्रलक्ष्मी श्रेष्ठको प्रथम बार्षिक पुण्यतिथिमा र नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति कविवर केदारमान व्यथित र स्व. पुष्पमान श्रेष्ठको सम्झनामा यहि साउन ३१ गते कबिता महोत्सब तथा खुल्ला कबिता प्रतियोगता गर्न लागिएको हो ।
‘नेपाली भाषा, कला, संस्कृति, साहित्य र शैक्षिक उन्नयनमा हाम्रो अनुष्ठान’ भन्ने मूल नारासाथ महोत्सब तथा प्रतियोगिता गरिएको हो । प्रतियोगिताका लागि श्रावण १५ गते सम्म अमेरीका, बेलायत र मलेशिया सहित नेपालका ६ प्रदेश, ४८ जिल्लाबाट दर्ता भएका १९९ कबिता मध्ये ५ प्रदेश र १४ जिल्लाका २० उत्कृष्ठ कबिता छनौट गरेको शुक्रबार पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक अनन्तकुमार श्रेष्ठले जानकारी दिए ।
प्रत्यक्ष रुपमा २० जना सहभागि रहने भएपनि अप्रत्यक्ष रुपमा सयौको सहभागिता रहने छ । छनौट भएका कविता प्रतिस्पर्धीले कबिता बाचन गर्ने र निर्णायक मण्डलले उत्कृष्ट तीन कवितालाई पुरस्कृत गर्ने श्रेष्ठले बताए । प्रतियोगितामा उत्कृष्टलाई १५ हजार ५५५, द्वितीयलाई ११ हजार १११, तृतीयलाई सात हजार ७७७ र सान्त्वनाा दुई जनालाई तीन हजार ३३३ रुपियाँ पुरस्कार प्रदान गरिने छ ।
यस्तै ट्रष्टले कविता महोत्सव तथा प्रतियोगितासँगै सामुदायिक बिधालयका बिद्यार्थी सहयोग कार्यक्रम अन्र्तगत पुतलीबजार नगरपालिकाका ४ वटा बिद्यालयका ५ सय बिद्यार्थीलाई झोला, कपी, कलम सहितका शैक्षिक सामाग्री वितरण गर्नेछ ।
यसैगरी पुष्प–चन्द्र स्मृति सेवा पुरस्कार २०८१ बाट अमोर सेवा नेपाल (वाल गृह) फेदीखोला गाँउपालिका १ र एसइइ २०८१ मा जिल्ला टपर सुसान मरासिनीलाई सम्मान गरिनेछ ।कार्यक्रममा नेवाः परम्पराको लाखे लगायत साँस्कृतिक, बिभिन्न जातजातिका भेषभूषा झाकी पर्दशन गरिने छ भने १० लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।




