बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्थानीय तहको स्वमूल्याङ्कनमा पर्वतमा प्रथम बन्यो जलजला गाउँपालिका

स्थानीय तहको स्वमूल्याङ्कनमा पर्वतमा प्रथम बन्यो जलजला गाउँपालिका


  • ढोरपाटन संवाददाता
  • भाद्र १० २०८१, सोमबार

पोखरा/ स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन (लिजा) मा पर्वतका स्थानीय तहहरूमध्ये जलजला गाउँपालिका प्रथम भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षण पश्चातको अन्तिम नतिजामा जिल्लाका सात वटा स्थानीय तहहरूमध्येमा जलजला प्रथम भएको हो ।

मूल्याङ्कन अनुसार जलजलाले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ८, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ५.७५, वित्तीय एवं आर्थिक प्रगतिमा १०, सेवा प्रवाहमा १३.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधार ११.५, सामाजिक समावेशीकरणमा १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.५ तथा सहकार्य र समन्वयमा ४ प्रतिशत गरी औसतमा कुल ८६ प्रतिशत पाएको छ ।

दोस्रो स्थानमा रहेको फलेवास नगरपालिकाले शासकीय प्रबन्धमा ८, सङ्गठन तथा प्रशासनमा ६, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ६.५, वित्तीय एवं आर्थिक प्रगतिमा ८.५, सेवा प्रवाहमा १२.७५, न्यायिक कार्यसम्पादनमा ६, भौतिक पूर्वाधार ९, सामाजिक समावेशीकरणमा ९, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५.२५ तथा सहकार्य र समन्वयमा ४ प्रतिशत गरी औसतमा कुल ७५ प्रतिशत अङ्क पाएको छ ।

तेस्रो स्थानमा आएको महाशिला गाउँपालिकाले शासकीय प्रबन्धमा ८.५, सङ्गठन तथा प्रशासनमा ६.५, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापनमा ७, वित्तीय एवं आर्थिक प्रगतिमा ९.५, सेवा प्रवाहमा १४.५, न्यायिक कार्यसम्पादनमा ७, भौतिक पूर्वाधार ५.५, सामाजिक समावेशीकरणमा ५.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ५ तथा सहकार्य र समन्वयमा २ प्रतिशत गरी औसतमा कुल ७१ प्रतिशत अङ्क पाएको छ ।
यस्तै पैयुँ र मोदी गाउँपालिकाले समान ६६.७५, सदरमुकाम समेत रहेको कुश्मा नगरपालिकाले ६४ र बिहादी गाउँपालिकाले ५१ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

गाउँपालिका तथा नगरपालिकाको कार्य प्रक्रिया र उपलब्धिको लेखाजोखा गरी शासकीय प्रक्रिया र विकास व्यवस्थापनमा गर्नुपर्ने सुधारका क्षेत्रहरू पहिचान गर्न स्वमूल्याङ्कनले सहयोग गर्ने गरेको छ । आवधिक समीक्षाको आधार प्राप्त गर्ने र स्थानीय सरकारबिच स्वस्थ प्रतिस्पर्धाको भावना जागृत गराउन पनि यसले भूमिका खेलेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->