बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तीज गीत: शहिदकी छोरी

तीज गीत: शहिदकी छोरी


  • दुर्गालाल तिवारी
  • भाद्र २१ २०८१, शुक्रबार

मलाई पनि मन लाग्छ मीठो खान राम्रो लाउन
कहाँ जाने होला मैले न्याय पाउन ।

मुक्ति हुन्छ भनेर लगे बा लाई सडकमा
आमा पनि सहभागी महिला आवाजमा ।

घरमा एउटा भाइ थियो तोते बोली बोल्ने
हामी दुई साना साना घरमा खेल्नी ।

आवाज आयो ड्याङ्डुङ् घर पर चोकमा
बाबालाई गोली लाग्यो देब्रे कोखमा ।

आमा छोप्न जानू भयो के भयो खै भनेर
प्रहरीले गोली ठोक्यो मान्छे गनेर ।।

भन्न थाले नेताले अमर हुनुभयो वहाँ
हामी दुई नाबालक के गर्थ्यौ र त्यहाँ ।

गए त्यसदिन नेताहरु फर्कि कहिल्यै आएनन्
सोचेका थ्यौ जे सपना साकार भएनन् ।

हाम्लाई हेर्ने कोही छैन आफन्त नि टाढिए
बा आमालाई लाने नेता मन्त्री चुनिए ।

के हो तीज थाहा छैन नाना चाचा के हो खै
भौतारीदै हिड्छु म त प्यासी मृग झै ।

वरपर नाच्छन गाउँछन् नेताका छोराछोरीले
भाइ पाल्नलाई माग्दै हिड्छु शहिदकी छोरीले ।

प्रधानाध्यापक, सन्दीप आधारभूत विद्यालय देवदह

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->