पोखरा/शोभाकर बरालद्वारा लिखित ‘पौराणिक आदर्श नारीहरू’ शीर्षकको पौराणिक आख्यान पुस्तक आज लोकार्पण गरिएको छ ।
स्रष्टा समाज पुुम्दीभुुम्दीको आयोजना एवम् लिलावती अध्ययन प्रतिष्ठान, पोखरा–२२ को संयोजनमा आज पुम्दीभुम्दीस्थित सक्रिय महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.को भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय कास्कीका प्रमुख लिलाधर पौडेल, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का विखर्ची, पुतलीबजार प्रज्ञा प्रतिष्ठानका उपकुलपति दुुर्गाबहादुर शाह‘बाबा’, पोखरा २२ का वडा अध्यक्ष हिमलाल बराल लगायतले पुस्तकको लोकार्पण गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कृतिका सर्जक बरालले मिहिनेतका साथ महत्वपूर्ण कृति बजारमा ल्याउनुुभएको बताए ।
पुस्तकबारे समिक्षा गर्दै प्रा.डा.रामनाथ ओझाले पौराणिक आदर्श नारीहरू अनुुसूूया, उर्मिला, गान्धारी, दमयन्ती, मन्दोदरी, सकुन्तला, सावित्री, सीता र सुलोचनाका सम्बन्धमा पुुस्तकमा चर्चा गरिएको बताए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूूर्यबहादुर खड्का बिखर्चीले प्रतिष्ठान भाषा, कला, संस्कृतिको संरक्षण र विकासमा लागेको बताए । साहित्य, कला संगीतको क्षेत्रमा राज्यको सहयोग पुुग्नुुपर्नेमा उनले जोड दिए ।
स्रष्टा समाज पुम्दीभुुम्दीका कावा. अध्यक्ष नवराज बरालको अध्यक्षता एवम् सचिव ध्रुुबराज बरालले सञ्चालन गर्नुुभएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २२ का वडा अध्यक्ष हिमलाल बराल, शुक्रराज माध्यमिक विद्यालयका प्रधानाध्यापक नरनाथ बराल, पत्रकार रविन्द्र माकाजुु, कृतिका स्रष्टा शोभाकर बराल, सदस्य राजन बराल, निशान बराल लगायतले बोलेका थिए ।
कार्यक्रममा कस्केली अधिकृत समाजका सदस्य बसन्त चालिसेले चिन्ता शीर्षकको कविता वाचन गरेका थिए ।





