आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा

कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८१, सोमबार

पोखरा / गण्डकी प्रदेश सरकारले कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको छ । नेपालीहरुको महत्वपूर्ण चाड बडादर्सैको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन कात्तिक १ गते बिदा दिने निर्णय गरेको हो ।

सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा कोजाग्रत पूर्णिमाका दिन बिदा हुनेछ । संघ सरकारले दिनेवाहेक थप बिदा दिनको लागि प्रदेश सरकारले गत वर्षको चैत ९ गते नै निर्णय गरेर यस दिन विदा दिने भनेको थियो । गण्डकीमा कोजाग्रत पूर्णिमा वाहेक चैते दसैं र भानुजयन्तीमा समेत सार्वजनिक बिदा भएको थियो । प्रदेश सरकारको स्थापना दिवसका दिन फागुन ४ गते बिदा दिँदै आएकोमा यस वर्ष भने उक्त बिदा कटौती गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->