आइतबार, कार्तिक ८ २०८३

आइतबार, कार्तिक ८ २०८३
  • ८ कार्तिक २०८३ , आइतबार
  • October 25 2026

प्रकृति र संस्कृति पर्यटन विकासको आधार: पूर्वमुख्यमन्त्री अधिकारी

प्रकृति र संस्कृति पर्यटन विकासको आधार: पूर्वमुख्यमन्त्री अधिकारी


  • ढोरपाटन संवाददाता
  • कार्तिक १४ २०८१, बुधबार

पोखरा/ नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृति पर्यटन विकासको मुख्य आधार भएको बताएका छन् । नेकपा (एमाले) पोखरा–१७ द्वारा आज आयोजित शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्ता आधारको उपयोग गर्दै समृद्धिसंग जोड्नु पर्ने बताए ।
अधिकारले प्राकृतिक सम्पदा र मौलिक संस्कृतिको संरक्षण तथा प्रचार प्रसारमा जोड दिंदै पर्यटकको आकर्षण बढाउनु पर्ने आवश्यकता औल्याए । ‘भ्रष्टाचारी र सहकारीको वचत अवचलन गर्ने कुनै पनि व्यक्ति एमाले हुन नसक्ने बताउँदै नेता अधिकारीले भने ‘त्यस्ता व्यक्तिलाई सरकार र सडकबाट होईन संवैधानिक व्यवस्था अनुसार न्यायालयले टुङ्गो लगाउँछ ।’
एमाले पोखरा-१७ का कार्यवाहक वडाअध्यक्ष विक्रम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा इन्चार्ज सुभाष ढुङ्गाना, नेपाली कांग्रेस वडा सभापति देवराज आचार्य लगायतले मुलुकको वर्तमान अवस्था र तिहारको महत्व माथि चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->