पोखरा / ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेशसभाका सदस्य सांसद राजिव गुरुङ (दीपक मनाङे) लाई पक्राउ गर्न प्रहरीले सर्कुलर जारी गरेको छ।
मंगलबार उनको पुनरावेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पुनरावेदन अदालत पाटनकै फैसला सदर गर्दै ५ बर्ष कैद सजाय सुनाएको थियो।
सर्वाेच्चको आदेशसँगै गण्डकीका पूर्वमन्त्री समेत रहेकाक मनाङेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको उच्च स्रोतले बताएको छ । सर्वोच्चको आदेशसँगै मनाङे भने मोबाइल अफ गरेर फरार भएका छन्। तर मनाङे श्रोतका अनुसार उनी आफै सुरक्षाकर्मीसंग आत्मसमर्पण गर्ने योजनामा छन् ।





