परिवार भनेको माया अनि बन्धन
एक अर्कामा भर पर्ने सुन्दर संगम ।
धेरै कुरा नबोली नै सबै कुरा बुझिन्छ
हरेक दुःख–सुखमा यो मन गाँसिन्छ ।
बुवा आमाको माया हो अमूल्य गहना
उनकै आशिर्वादले हामी हुन्छौं महान ।
दाजुभाइ दिदीबहिनी सँग हात समाई
नछुट्टिने सपना बुनौं टाढा टाढा नभई ।
घरको हरेक कुनामा हुन्छ आफ्नै कथा
खुशीयाली, हर्ष, उन्माद अरुलाई के था ।
सधै भरी हाँसो, खुशी रिस राग छैन
मिठो हुन्छ व्यवहार नै पराइ क्वै छैन ।
परिवार सुन्दर संसार आँगनको जून
अँन्धकार नै किन नहोस् ज्योति छर्छ सुन ।
सँगै मिलि जीवनको चलाउनु छ रथ,
माया कहिल्यै नछुटोस्, यसैमा सन्तोष ।
न्यू एभरेष्ट एकेडेमी
रामरेखा १ बागलुङ
कक्षा : ९





