पोखरा/मानवता अभियानको आयोजनामा विद्यालयस्तरीय विश्व पर्यटक सम्पदा चित्रकला प्रतियोगिता २०८२ काठमाडौंमा सम्पन्न भएको छ । प्रतियोगितामा काठमाडौं उपत्यकाका ५४ वटा विद्यालयहरूका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा प्रथम नेक्सस इन्टरनेशनल एकाडेमीका श्रीयान्सी न्यौपाने र युनिशा खड्का पहिलो, दअरुणिमा सेकेन्डरी स्कुलका श्रीकन्या चाम्लिङदर आरोही खरेल दोस्रो तथा कौशल इङ्लिस सेकेन्डरी स्कुलका रोशन तामाङ र सुजल कडरिया तेस्रो भए ।
प्याब्सन केन्द्रीय कमिटी एनप्याब्सन, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नगेन आर्ट एकेडेमीको सहकार्यमा सो प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख अतिथि भरत जंगमले विद्यालयको स्तरमै यस्ता सिर्जनात्मक कार्यक्रम हुनु सह्रानीय कुरा भएकोले विद्यार्थीहरूको सोच, कला र दृष्टिकोण विस्तार गर्न मद्दत पुग्ने बताए ।
कार्यक्रममा प्रमुख निर्णायक नगेनसिंह ठकुरीले चित्रमा विचार, सन्देश र सिर्जनशीलतालाई मुख्य मापदण्ड रहेको बताए ।





