बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मोती जयन्तीमा गजल वाचन

मोती जयन्तीमा गजल वाचन


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

पोखरा/पोखरेली युवा साँस्कृतिक परिवारले नियमित रुपमा संचालन गर्दै आइरहेको ‘समता काव्य सन्ध्या’को ३८४ औं श्रृंखला मोतिराम भट्टप्रति समर्पण गरिएको छ । सो श्रृंखलामा गजल वाचन गरिएको छ ।

कार्यक्रमका प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति एवं विख्यात साहित्यकार सरुभक्तले ‘युवाकवि मोतीराम भट्ट छोटो समय बाँचेर पनि नेपाली साहित्यको अद्वितीय सेवा गरेको बताए । उनले मोतिराम नेपाली गजल विधाका प्रारम्भकर्ता भएकोले नेपाली गजल स्रष्ठाहरुले उनलाई भूल्न नसक्ने कुरा पनि बताए ।

केही समय पहिलासम्म कस्तालाई गजल भन्ने र कस्तालाई नभन्ने भन्ने केही विवाद रहेको विषयमा ‘पोखरेली गजल समूह’ले गजलसम्बन्धी घोषणापत्र निकालेपछि यो विवाद अन्त भै नवोदित गजलकारहरुलाई गजल लेखनमा लाग्न नवीन उत्साह पैदा भएको उनको भनाइ थियो ।

संस्थाका उपाध्यक्ष लक्ष्मण थापाले युवाकवि मोतीराम भट्टको बारेमा बोल्दै ‘ उनी बहुमुखी प्रतिभाशाली कवि, गीतकार,गजलकार,नाटककार,नाटक निर्देशक र जीवनीकार भएको बताए । विश्वसाहित्यका जÞोन किट्स, शेली, सिल्भिया प्लाथ आदि झैं उनले पनि तीस वर्षमात्र बाँचेर पनि अद्वितीय काम गरेका थापाको भनाइ थियो ।

कार्यक्रममा बिम्बकवि एवं प्राज्ञ रमेश श्रेष्ठ, नेपाली लेखक संघ गण्डकीका अध्यक्ष ईश्वरमणि अधिकारी, पोखरा प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति पदमराज ढकाल, सरस्वती श्रेष्ठ सरु, दीपक समीप, प्रकाश ज्ञवाली, शिव त्रिपाठी, जमुना कायस्थ, कृष्ण सुवेदी, विर्सना बस्नेत, सुरज पौडेल,भुमिराज बस्ताकोटी,रेशम गिरी, यशोधा गौतम, नवराज न्यौपाने,त्रुपकलगायतले गजल वाचन गरेका थिए ।

संस्थाकी अध्यक्ष रीता अधिकारी ऋतुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत संस्थाको साहित्य विभागकी संयोजक केशु शर्माले गरेकी थिइन भनें कार्यक्रम संचालन सचिव एमडी काफ्लेले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->