शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नगेनको ‘नारीको शासन’

नगेनको ‘नारीको शासन’

गुरु गोविन्दलाल ढंगोलको निर्देशनमा २ फिट ४ इन्च बाइ ५ फिट १० इन्चको क्यानभासमा एक्रेलिक रंग पोतिएको सो कलाकृतिमा पुरुषहरु शान्त भएर सुत्ने र नारीको नेतृत्वमा शासन भयो भने यो देश सुन्दर र शान्त हुन्छ भन्ने भाव छ ।

  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

पोखरा/कलाकार नगेन सिँह दंग छन् । आफूले २१ वर्षअघि नारीको हातमा सत्ता आउनु्पर्ने कल्पना साकार भएपछि उनी दंग भएका हुन् । उने २०६१ सालमा नारीले सत्ताको बागडोर सम्हाल्लेको कल्पना गर्दै क्यानभासका रङ पोतेका थिए ।

गुरु गोविन्दलाल ढंगोलको निर्देशनमा २ फिट ४ इन्च बाइ ५ फिट १० इन्चको क्यानभासमा एक्रेलिक रंग पोतिएको सो कलाकृतिमा पुरुषहरु शान्त भएर सुत्ने र नारीको नेतृत्वमा शासन भयो भने यो देश सुन्दर र शान्त हुन्छ भन्ने भाव छ ।

‘२०६१ सालमा म ललितकला क्याम्पसमा बिएफए कम्पोजिसन कक्षामा पढ्थेँ,’उनले ती दिन सम्झँदै भने,‘राजाको सक्रिय शासनकाल तत्कालीन समयमा दिनदिनै जस्तो आन्दोलनहरू भइराख्ने बेला कल्पना गरिएको हो ।’

उनले सो चित्रकलालाई आफ्नो ‘माइ रिजेक्ट आर्ट’ भन्ने चौथो एकल प्रदर्शनीमा ‘नारीको शासन’ शीर्षकमा राखिएको पनि सम्झे । त्यस समयमा चित्र हेर्ने साथीभाइ, पत्रकार, कलाकार र दर्शकहरुले यो सम्भव होला र भनेर मुख खुम्च्याउँथे,’ उनले भने, ‘२०६१ सालमा बनाएको यो कलाकृति २०८२ सालमा आएर सार्थक बन्यो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->