बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अहिंसा–शान्तिको अमूल्य सूत्र

अहिंसा–शान्तिको अमूल्य सूत्र


  • याम बहादुर थापा मगर
  • असोज २३ २०८२, बिहिबार

विश्वको दुनियाँ हरेक दूई अक्टोबरमा शान्तिको पर्व मनाउँछ,
जब महात्मा गान्धीको जन्म जयन्तीले हामीलाई सम्झाउँछ ।
अहिंसा केवल शब्द होइन, जीवनको धारा हो ।
२००७ देखि संयुक्त राष्ट्रले यस दिवसलाई औपचारिक घोषणा गर्दा
“अहिंसा र शान्तिको सन्देश फैलाउनु” भन्ने
नाराले विश्वलाई नयाँ दृष्टि दिएको छ ।

त्यस यता प्रत्येक वर्षका नाराहरूले सहिष्णुता, मानव अधिकार
समानता, न्याय, विकास र प्रकृतिको संरक्षणमा जोड दिएका छन् ।
नेपालमा अहिंसा दिवस केवल समारोह होइन ।
त्यो अभ्यास र प्रतिबद्धताको यात्रा हो ।

“शान्तिको संस्कृतिः अहिंसा आन्दोलनमार्फत राष्ट्रिय समृद्धि” देखि
अहिंसा र लैंगिक समानता प्रवद्र्धन गर्दै गरेका नाराले
हाम्रो समाजमा प्रेम र सहिष्णुताको बीउ रोपिरहेका छन् ।
विद्यालयका कक्षाहरू, सांस्कृतिक कार्यक्रम
र जनचेतना अभियानहरूले अहिंसा मात्र बुझाउन होइन
त्यसलाई बाँच्न सिकाएका छन् ।

विश्वमा अहिंसा दिवसले शिक्षा, संस्कृति
र, मानव अधिकारको पुल निर्माण गरेको छ ।
संगीत र भाषण, नृत्य र संवादले
हरेक कोणमा शान्तिको ध्वनि बनाएका छन् ।
अहिंसा केवल हिंसा नहुँदा होइन ।
त्यो जीवन दृष्टिकोण हो,
मानवता र प्रेमको मार्ग हो ।
पुस्ताहरू बीचको बन्धन र न्यायको आधार हो ।
अहिंसा नै मानवताको अमूल्य उपहार हो,
जसले भविष्यलाई शान्ति र समानताको उज्यालो बनाउँछ ।

बागलुङ नगरपालिका १०, भकुण्डे बागलुङ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->