आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

नौ जना सहभागि कविता प्रतियोगितामा रामचन्द्र शर्मा ‘उन्मुक्त’ प्रथम, विजय श्याम राजभण्डारी द्धितिय, र कोपीला कँडेल तृतिय भएका छन् ।


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८२, मंगलबार

बागलुङ/महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा पु¥याएको योगदानबारे चर्चा र चिन्तन लगायतका कार्यक्रम गरी दिवस मनाईएको हो ।

कार्यक्रममा बोल्दै पुस्तकालयका पुर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले नेपाली साहित्यमा लक्ष्मीप्रसाद देवकोटाको योगदान सदैव स्मरण योग्य रहेको बताए । उनले वर्तमान सन्दर्भमा महाकवि देवकोटाकोे जीवनशैलीबाट धेरै कुरा सिक्नुपर्ने धारणा व्यक्त गरे ।

देवकोटा जयन्ती संयोजन समितिका संयोजक काजीरोशनले महाकवि देवकोटाको जिवनी र योगदानबारे चर्चा गरे । प्रतियोगिताको नियमबारे मधुश्री साहित्य प्रतिष्ठानका अध्यक्ष तथा निर्णायक समितिका संयोजक धनराज सापकोटाले जानकारी गराएका थिए ।

नौ जना सहभागि कविता प्रतियोगितामा रामचन्द्र शर्मा ‘उन्मुक्त’ प्रथम, विजय श्याम राजभण्डारी द्धितिय, र कोपीला कँडेल तृतिय भएका छन् । सो अवसरमा धनराज सापकोटा जिज्ञासु र यामबहादुर थापाले अप्रतियोगी कविता वाचन गरेका थिए ।

कार्यक्रम विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष राम थापा ‘अविरल’को स्वागत मन्तव्य र स्मृति प्रकाशनका अध्यक्ष गुणराज शर्मा ‘गुराँस’को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->