पोखरा/ साहित्यकार स्वर्गीय भूपी शेरचनको ९० औं जन्मजयन्तीको अवसरमा मुस्ताङको थासाङ गाउँपालिकाले भूपीको कृतित्व र व्यक्तित्व विषय कविता प्रतियोगिताको आयोजना गरेको छ । विहीबार भएको प्रतियोगितामा योगेन्द्र माविका शिक्षिका बिजया शर्माले प्रथम स्थान हासिल गरिन् ।
यसैगरी गाउँपालिकाका ईन्जिनियर सुधिरकुमार श्रेष्ठ (सुमन) द्वितीय, योगन्द्र माविका शिक्षक सागर मगर तृतीय भए भने ज्ञानोदय माविका शिक्षक निरोज गौचनले सान्त्वना पुरस्कार पाए । खुला कविता प्रतियोगितामा गाउँपालिकाभित्रका सबै क्षेत्र र सर्वसाधारणका लागि सहभागिताका लागि आव्हान गरिएको थियो । प्रतियोगितामा १८ जनाले भाग लिएका थिए ।
गाउँपालिका उपाध्यक्ष सोमल हिराचनको अध्यक्षता र थासाङ ७१३ का निरमुखिया जवाहर भट्टचनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको गाउँपालिकाका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी अनिल अर्यालले बताए ।





