बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङमा ५ जनाको उम्मेदवारी

मनाङमा ५ जनाको उम्मेदवारी


  • ढाेरपाटन संवाददाता
  • माघ ६ २०८२, मंगलबार
मनाङ ङिस्याङ गाउँपालिका–६ मा अवस्थित मनाङ गाउँको पृष्ठभूमिमा गङ्गापूर्ण हिमाल, ग्लेसियर र गङ्गापूर्ण ताल । गाउँको नामबाट नै जिल्लाको नामकरण गरिएको हो । तस्बिरः नवीन लामिछाने

पोखरा/  आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि हिमाली जिल्ला मनाङमा ५ जनाको उम्मेदवारी परेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङमा नेपाली कांग्रेसबाट टेकबहादुर गुरुङ, नेकपा एमालेबाट पोल्देन छोपाङ गुरुङ उम्मेदवार रहेका छन् । यसैगरी नेपाली कम्युनिष्ट पार्टीबाट यशोदा गुरुङ सुवेदी, राप्रपाबाट कुविरसिंह गुरुङ र मंगोल नेशनल अर्गानाइजेशनबाट रामबहादुर घलेले उम्मेदवारी दर्ता गराएका छन् ।

काग्रेसका टेकबहादुर निवर्तमान सांसद हुन् । यसैगरी एमालेका पोल्देन २०७९ को निर्वाचनमा कांग्रेसका टेकबहादुर गुरुङसंग पराजित भएका थिए । नेकपाकी यशोदा पहिलोपटक निर्वाचनमा होमिएकी हुन् । सुरुमा नेकपाले साविक माओवादी केन्द्रका महासचिव देव गुरुङलाई टिकट दिएकोमा उनले चुनाव लड्न अनिच्छा देखाएपछि यशोदा उम्मेदवार बनेकी हुन । यशोदा देव गुरुङकी पत्नी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->