बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

मनाङमा ४० प्रतिशत मत खस्यो

मनाङमा ४० प्रतिशत मत खस्यो


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २१ २०८२, बिहिबार

पोखरा/ हिमालपारीको जिल्ला मनाङमा विहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ४० प्रतिशत मात्रै मत खसेको छ । मनाङमा कुल मतदाता ७ हजार रहेका थिए ।

मनाङका प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार २ सय अस्थायी मतदाता अर्थात् समानुपातिकसहित ३ हजार २१ मत खसेको छ । समानुपातिकतर्फको (अस्थायी मतदाता) घटाउँदा कुल मतदाताको ४० प्रतिशत हाराहारीमा मत खसेको उनले बताए । ‘अहिले मतको जोडघटाउको काम भइरहेको छ’, उनले भने ।

यसैबीच मौसम प्रतिकुल भएपछि नार्पाभूमी गाउँपालिकाबाट हेलिकोप्टरमार्फत विहीबार मतपेटीका सदरमुकाम ल्याउन नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ । प्रजिअ पौड्यालका अनुसार शुक्रबार बिहान हेलिकोप्टर मार्फत मतपेटीका ल्याउने र त्यसपछि गणना सुरु गरिने छ । सदरमुकाम चामेबाट नार्पाभूमी पुग्न दुई दिन पैदल हिड्नुपर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->