सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

घरभाडा सरोकारको क्यालेन्डर बिमोचन र शुभकामना आदान प्रदान

घरभाडा सरोकारको क्यालेन्डर बिमोचन र शुभकामना आदान प्रदान


  • ढाेरपाटन संवाददाता
  • चैत्र २१ २०८२, शनिबार

पोखरा/ नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदन प्रदान तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । साथै २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) बिमोचनसमेत समितिले गरेको छ ।

उक्त अवसरमा घरभाडा सम्बन्धी देखिएका विभिन्न समस्याहरूको समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले पोखरा उद्योग वाणिज्य संघमा आवद्ध विभिन्न वस्तुगत संघसंस्थाहरूसँग छलफल गरिएको थियो । सहभागीले घर भाडा तथा घर बहाल कर, वैज्ञानिक भाडादर र घर धनिले लिने गरेको धरौटी रकमबारे आआफ्नो सुझाव दिएका थिए । यसअघि भाडामा बस्नेहरु बढी पीडित हुने गरेकोमा अहिले आएर घरधनिसमेत पीडित हुन थालेको सहभागीले बताएका थिए । घर बहाल कर घरधनिले नै तिर्नुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले अधिकांश विषय हेर्ने जिम्मा वडामा थुपारिएको तर साधन स्रोतको कमी भएको बताए । अहिले वडामा ४ वडासदस्य हुँदा पनि काम गर्न असहज भएका बेला वडासदस्य हटाउने कुरा आएकाले कामम थप असहज हुने उनको भनाई थियो । कोरोनापछि सबैतिर व्यवसाय खस्किएको र घरधनि र भाडावालाबीच मनमुटाव भएका धेरै गुनासा आउन थालेको उनले बताए । ‘व्यवसायमा लाग्नेलाई मर्का छ, घरधनीलाई नै बहाल कर तिर्न लगाउनु पर्छ’, उनले भने, ‘व्यवसायीले व्यवसाय कर र घरधनीले बहाल कर तिनुपर्छ ।’ करको दर हटाएर दायर बढाउनु पर्ने भन्दै घर धनि र भाडावालाबीच हुने समस्यालाई समितिले सहजीकरण गरेर समाधान गरेको भन्दै उनले धन्यवाद दिए ।

समितिका अध्यक्ष कृष्णप्रसाद चपाईंले हाम्रो घरभाडा सरोकार समिति २०६३ सालमा जिल्ला प्रशासन कार्यालय कास्कीमा दर्ता भई घरधनी तथा भाडाका बस्ने व्यवसायीबीच नङ र मासुको सम्बन्ध कायम गर्न प्रयत्नशील रहेको बताए । यस बीचमा धेरै समस्या समितिसंग आएका र आपसी छलफलका माध्ययमबाट समाधान भए पनि विभिन्न परिस्थिति र अवस्थाले गर्दा सार्वजनिक गर्न नसक्दा कामहरू पनि ओझेलमा परेको उनको भनाई थियो । संस्थाले काठमाण्डौ तथा बुटवलमा समेत घरधनी तथा बहालमा बस्नेहरुको समस्या समेत समाधान गरिएको उनले बताए ।

उनले समितिले गरेका विभिन्न कामहरुको जानकारी समेत गराए । पोखरा महानगरपालिकालाई ध्यानाकर्षण पत्र, पोखरा उद्योग वाणिज्य संघसँग समन्वयकारी भूमिका, पोखराका ३३ वटै वडा कार्यालयमा घरभाडा तथा घरबहाल कर सम्बन्धी नेपाल सरकारले कार्यान्वयनको लागि निकालिएका नियम कानुनका बारेमा प्रत्यक्ष रुपमा सूचना प्रवाहका लागि पत्रचार गरिएको उनले बताए । यस संस्थाले यसै क्षेत्रमा रहनुभएका घरधनी, व्यवसायी तथा राज्यलाई समेत फाईदा होस् भन्ने हेतुले हाल भईरहेको घर बहाल करलाई घटाई बढीमा २ प्रतिशत कायम गर्न सकिएमा ‘करले कर होईन रहरले कर’ भन्ने भनाईलाई वास्तवमै व्यवहारमा रुपान्तरण गर्न सकिने उनले जनाए ।

विशेष अतिथि चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला र पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा मुद्रण उद्योग संघका अध्यक्ष दिनेशचन्द्र बास्तोला, संस्थाका निवर्तमान अध्यक्ष कमलप्रसाद न्यौपाने वरिष्ठ कानुनी सल्लाहकार एवं घरबहाल सरोकार महासंघ नेपालका पूर्वउपाध्यक्ष, अनुशासन समितिका संयोजक, अधिवक्ता यमनाथ पौडेललगायतले आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->