आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

दशैँमा मन्द हुँदै गएको ‘चचहुइँ…सररर…’, संरक्षण जरुरी

दशैँमा मन्द हुँदै गएको ‘चचहुइँ…सररर…’, संरक्षण जरुरी

पिङ केवल दशैँको रमाइलो गर्ने साधन मात्र होइन, यो हाम्रो सामाजिक सम्बन्ध सुदृढ बनाउने र पुस्तान्तरण जोड्ने माध्यम पनि हो।


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८३, आइतबार

पोखरा / वर्षमा एक पटक भए पनि भुईँ छाड्नुपर्छ भन्ने लोकविश्वास बोकेका परम्परागत पिङहरू आधुनिकता, प्रविधि र युवा पलायनका कारण पातलो बन्दै गएका छन्। शहरका टोलैपिच्छे हुने पिङ सार्वजनिक ठाउँको अभावमा दुर्लभ बनिसकेको छ। गाउँमा पिङ त देखिन्छ तर रौनक पातलो।

कुनै समय काठका रोटेपिङ र बाबियोको लठारोबाट बन्ने लिङ्गेपिङ  दशैँमा रमाइलोको पर्याय थिए।  गाउँ-घरका चौतारी र डाँडाहरूमा राखिने रोटेपिङ त दुर्लभै भइसके। बाँस गाडेर बनाइने लिङे पिङको संख्या पनि उस्तो बाक्लो देखिन्न। कतै पिङ छैन, जहाँ पिङ छ त्यहाँ पिङको मच्च्याइसँगै सुनिने सररर चचहुइँका आवाज पातलो छ।

आधुनिक प्रविधिको विकास, युवापुस्ताको वैदेशिक पलायन र खुला ठाउँको अभावका कारण हाम्रा मौलिक पिङहरू हराउँदैछन्। पिङ केवल दशैँको रमाइलो गर्ने साधन मात्र होइन, यो हाम्रो सामाजिक सम्बन्ध सुदृढ बनाउने र पुस्तान्तरण जोड्ने माध्यम पनि हो। स्थानीय तह र समुदायले विशेष पहल गर्ने हो भने हाम्रा यी मौलिक परम्पराहरू लोप हुनबाट जोगिन सक्छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->