आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

एक लाख ८७ हजार मतदाता थपिए : निर्वाचन आयोग

एक लाख ८७ हजार मतदाता थपिए : निर्वाचन आयोग

आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका,  नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको छ। 


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०८३, आइतबार

काठमाडौं / निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ। प्रतिनिधिसभा निर्वाचनपछि एक लाख ८७ हजार ६८६ मतदाता थपिएका छन्।

उक्त निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ जनाले मताधिकार पाएका थिए।

आयोगका अनुसार अद्यावधिक गरिएको मतदाता नामावलीमा ९७ लाख ६९ हजार ८२५ पुरुष, ९३ लाख २१ हजार ३३६ महिला र २१४ अन्य मतदाता कायम छन्।

यो गत चैत २२ देखि भदौ १५ गतेसम्मको विवरण हो। आयोगले मृत्यु भएका ४५ हजार ३२२ जनाका साथै दोहोरो नाम भएका,  नागरिकता त्यागेका वा रद्द भएकासहित एक लाख ५८ हजार २६४ जनाको नाम हटाएको बताएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->