शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पत्रकार किशोर श्रेष्ठ छुटे, छुटेपछि के भने ?

पत्रकार किशोर श्रेष्ठ छुटे, छुटेपछि के भने ?

'सञ्चारमाध्यममा प्रकाशित सामग्रीउपर चित्त नबुझ्दा पीर बिसाउने चौतारी प्रेस काउन्सिल नै हो। साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय होइन।'


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८३, शनिबार

काठमाडौं / पत्रकार किशोर श्रेष्ठले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने सर्वोच्च अदालतको मान्यता पुनः स्थापित भएको बताएका छन्।

आफ्नो गिरफ्तारीबारे धारणा सार्वजनिक गर्दै श्रेष्ठले सञ्चारमाध्यममा प्रकाशित सामग्रीप्रति चित्त नबुझेमा त्यससम्बन्धी गुनासो राख्ने उपयुक्त निकाय प्रेस काउन्सिल नेपाल भएको बताए।

उनले साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय नभएको उल्लेख गरेका छन्। श्रेष्ठले आफ्नो अघिल्लो गिरफ्तारीका क्रममा सर्वोच्च अदालतले समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई पक्राउ गर्न र सञ्चार उपकरण जफत गर्न नपाइने परमादेश जारी गरेको स्मरण गराउँदै अहिले पुनः त्यही मान्यता स्थापित भएको दाबी गरेका छन्।

उनले भनेका छन्, ‘सञ्चारमाध्यममा प्रकाशित सामग्रीउपर चित्त नबुझ्दा पीर बिसाउने चौतारी प्रेस काउन्सिल नै हो। साइबर ब्युरो सञ्चारमाध्यमविरुद्धका मुद्दा छिनोफानो गर्ने निकाय होइन।’

सामाजिक सञ्जालमार्फत व्यक्तिलाई लक्षित गरी लाञ्छनायुक्त टिप्पणी भएको तथ्य सम्बन्धित पक्षले स्वीकार गरेको पनि श्रेष्ठले बताएका छन्।

प्रेस जगत्को एकता पुनः प्रदर्शन भएको उल्लेख गर्दै उनले आफू बिहान घरबाट लगिएको र बेलुका घर फर्किएको जानकारी दिएका छन्।

श्रेष्ठले आफ्नो भनाइको अन्त्यमा प्रेस स्वतन्त्रताको पक्षमा ऐक्यबद्धता जनाउँदै भनेका छन्, ‘प्रेस स्वतन्त्रता जिन्दावाद !’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->