बागलुङ/नेपाली काँग्रेसको संस्थापन इतरपक्षको अधिवेशनबाट बागलुङ क्षेत्र नं. १ को सभापतिमा केशरबहादुर थापा ‘केशव’ सर्वसम्मत चयन भएका छन् ।
अधिवेशनबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खुल्ला महिलातर्फ, लक्षुमाया पुन, खगेश्वरी शर्मा, ज्योति के.सी. विष्ट, मधु अम्माई चयन भएका छन ।
खुल्लातर्फ मणिभद्र शर्मा कँडेल, ज्ञानेन्द्र गौतम, पदम केसी, लक्ष्मण आचार्य, हरि बहादुर जि.सी. सहदेव राजभण्डारी, सञ्जय पौड्याल, मुक्तिराम सापकोटा, शिव प्रसाद आचार्य, श्रीकृष्ण पौडेल चयन भएको निर्वाचत अधिकृत अखिलनाथ शर्माले जानकारी दिए ।
महाधिवेशन प्रतिनिधिमा समावेशीतर्फ सुमन भुषाल, मिनबहादुर केसी एनपि कँडेल, दिपा गौतम पौडेल, यामबहादुर थापा, डेनिश श्रीष, इन्द्रा थापा, चिन्तामणि दर्जी, कोपिला बोहोरा, करिम दिन मिया चयन भएका छन् । ४० वर्ष मुनिका युवा प्रतिनिधिमा विशेष पराजुली र अरुणा शर्मा रहेका छन भने अपांगता भएकोमा होमनाथ शर्मा चयन भएका छन् ।
प्रजातन्त्र सेनानी, द्वन्द पीडित, सहिद परिवार, नरबहादुर किसान चयन भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए । त्यस्तै राजन चापागाँई, शिव प्रसाद कँडेल, कर्ण हमाल किरण रायमाझी, राजकुमार शर्मा पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन्भने १८–२८ वर्ष सम्मको नव युवामा सुन्दर अचार्य र सुरक्षा खड्का चयन भएका छन् ।
अधिवेशनबाट प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रको सभापती मात्र चयन गरिएको छ भने अन्य कार्यसमिति पुरा गर्न बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । प्रदेश (क) को सभापतीमा ओमबहादुर थापा र प्रदेश सभा (ख) को सभापतीमा ठगबहादुर क्षेत्री थापा चयन भएका छन् । यि दुवै प्रदेशको तर्फबाट प्रदेश महाधिवेशन प्रतिनिधिको पनि टुगो नलागेको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनबाट बागलुङ नगरपालिकाको नगरसभापतीमा युवराज राजभण्डारी, जैमिनी नगरपालिका सभापतीमा बैकुण्ड आचार्य, काठेखोला गाउँपालिकाको सभापतीमा प्रेम थापा र बरेङ गाउँपालिकाको सभापतीमा पुर्णप्रसाद न्यौपाने सर्वसम्मत सभापतीमा चयन भएका छन् । निर्वाचत समितिका अनुसार अन्य पदाधिकारी र सदस्य पनि चयन हुन बाँकी रहेको छ ।





