शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

मदनराज कृति बजारमा

मदनराज कृति बजारमा


  • ढोरपाटन संवाददाता
  • कार्तिक १ २०८३, शनिबार

पोखरा/साहित्यकार मदनराज थापाको पहिलो कविता कृति ‘त्यो खाली ठाउँ’को बिहीबार लोकार्पण भएको छ ।जरोटुप्पो संरक्षण साहित्य समाज नेपाल र कवि घर पोखराद्वारा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्त, संस्कृतिकर्मी तीर्थ श्रेष्ठ र कवि रमेश श्रेष्ठले कृति लोकार्पण गरे ।

साहित्यकार सरूभक्तले नवदुर्गाको पाँचौँ दिन थापाले देखाएको त्यो खाली ठाउँबारे बहस गर्ने दिन भएको बताए । संस्कृतिकर्मी श्रेष्ठले कविता र लोकप्रियता मानक फरक भएको बताउँदै सिर्जनामा इमान भयो त्यही सिर्जना कालजयी सिर्जना हुने धारणा राखे ।

स्रष्टा थापाले आफू स्वदेश विदेशका विभिन्न विश्वविद्यालय अध्ययन तथा विभिन्न अनुभव बटुल्दै नेपाली साहित्य र संस्कृतिको उन्नयनमा लाग्दै आएको बताए ।कविघर पोखराका अध्यक्ष कुञ्जराज थापाले महाकवि लक्ष्मीप्रसाद देवकोटाले चुरोटको बट्टाको भित्री कागजमा रहेको त्यो खाली ठाउँ कविताले भर्ने गरेको दृष्टान्त भएका बेला मदनराज थापाले देखेको खाली ठाउँको बहस आजको आवश्यकता भएको बताए ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालका अध्यक्ष नारायणप्रसाद अधिकारीले जनकविकेशरी धर्मराज थापाको विरासतलाई जीवन्त राख्नका लागि मदनराजको साहित्यिक राजमार्ग फराकिलो भएर अगाडि बढ्न आवश्यक रहेको धारणा राखे ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका महासचिव असफल गौतमले त्यो खाली ठाउँ भित्रका कविताले हरेक खाली ठाउँबारे प्रश्न गरिरहेको बताए ।कार्यक्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’, पोखरा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति तिलक पुर्जा पुन, रुपिन्द्र प्रभावी र अम्बिकाप्रसाद भट्टराईले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->