शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘शुन्यतादेखि पूर्णतासम्म’ उपन्यास विमोचन

‘शुन्यतादेखि पूर्णतासम्म’ उपन्यास विमोचन


  • ढाेरपाटन संवाददाता
  • असार ७ २०८३, आइतबार

बागलुङ/अमेरिका बसेर पनि जन्मभूमिप्रतिको मायाले ओतप्रोत भएका एक युवाले आफ्नै परिवेशको उपन्यास लेखेका छन् । गलकोट नगरपालिका वडा नं. २ घर भइ हाल अमेरिकामा बस्दै आएका सुरेन्द्र रेग्मीले ‘शुन्यदेखि पूर्णतासम्म’ नामक उपन्यास तयार पारेका हुन् ।

धौलागिरि बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापाले उपन्यासको विमोचन गरे । उनले पुस्तक लेखन आँफैमा जटिल भएको भन्दै विदेशमा बसेर पनि नेपालको सम्झना र आफ्नै क्षेत्र परिवेशलाई समेटेको पुस्तक आउनु झनै राम्रो भएको बताए । उनले विदेश गएर नेपाललाई गाली गर्नेको भीडमा नेपाललाई माया गरेर पुस्तक तयार गर्ने युवाहरु प्रशंसनिय भएको बताए ।

कार्यक्रममा धौलागिरि बहुमुखी क्याम्पसका प्रमुख डा. सुदर्शन सिलवाल, प्राध्यापक संघका अध्यक्ष भक्तिराम न्यौपाने, रामचन्द्र शर्मा, नारायणदत्त रेग्मी, लेखक सुरेन्द्र रेग्मी, मेघराज पाण्डे, नेपाल रेडक्रस सोसाइटीका पुर्व सभापति विश्वनाथ रेग्मी र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अविरल’ले शुभकामना मन्तव्य राखेका थिए ।

दिअ प्रकाशनले प्रकाशित गरेको उपन्यास विमोचन कार्यक्रम भने रत्नश्रेष्ठ पुरस्कार गुठीले गरेको थियो । उक्त उपन्यासको समीक्षा क्याम्पसका पूर्व प्रमुख आनन्द सिलवालले गरेका थिए ।

गुठीका अध्यक्ष प्रेम छोटाको अध्यक्षता, उदय चपाईको सञ्चालन र डिल्लीराज गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा सहभागिले रेग्मीको उपन्यासलाई ६० वर्ष अघिको नेपाली भूगोल र परिवेश, अनपढ व्यक्तिको अवस्था, विदेश जानेकी नजाने भन्ने दोधार, विदेशमा बस्ने नेपालीको जीवन र सत्य के हो भन्ने जस्ता विषय समावेश छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->