शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ढोरपाटनको विकासका लागि बहुआयामिक बहस शुरु

ढोरपाटनको विकासका लागि बहुआयामिक बहस शुरु


  • ढाेरपाटन संवाददाता
  • असार १२ २०८३, शुक्रबार

बागलुङ/विकासका आयामबारे छलफल गर्दै सिकार पर्यटनबाट दिगो पर्यटनमा लाग्नुपर्ने सुझावसहित पहिलो पटक ढोरपाटन समीट सम्पन्न भएको छ ।

बुधबार र बिहिबार भएको कार्यक्रममा ढोरपाटनको विकास संभावना खोजी गरी आम नागरिकलाई समेत आर्थिक विकासको सूचक बनाउने गरी काम गर्न विज्ञहरुले सुझाव पनि दिएका छन् । ढोरपाटनमा सिकार आरक्षबाट कमाउने राजश्वको तुलनामा दशगुणा बढी अन्य आयआर्जन गर्न सकिने पनि उनीहरुको सुझाव छ ।

ढोरपाटन नगरपालिकाको आयोजना र जिवन्त मिडियाको समन्वयमा भएको उक्त कार्यक्रममा आयोजित खुला सत्रसहित अन्य छलफलमा पनि ढोरपाटनको विकास मोडलमा परिमार्जन गर्नुपर्ने अवधारणा आएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले सिकार आरक्षसँगै जनताको दैनिकी र जीवनस्तरमा पनि सुधार हुुनुपर्ने धारणा राखे । उनले त्यसका लागि दिगो योजना बनाएर स्थानीय अगाडि आएमा सरकारले पनि साथ दिने बताए । उनले आर्थिक विकासमा जनता जोडिन नसक्दा सम्म ढोरपाटनको विकास गर्न कठिन भएको पनि बताए । जलासय युक्त जलविद्युतको चर्चा बढेकोले त्यसबारे पनि आम जनताले सोचेर निर्णय लिने बेला भएको उनको भनाइ छ ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका कार्यबहाक प्रमुख धनबहादुर कायतले एकीकृत बस्ती विकास गर्ने, विकासका योजनाहरु ढोरपाटनमा केन्द्रीत गर्ने र ढोरपाटनलाई मौलीक शैलीको पर्यटकीय हब बनाउन पहल गर्ने बताए । त्यसका लागि संघिय र प्रदेश सरकारको साथ चाहिएको उनले बताए ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले आम नागरिकको चाहना अनुसारका योजना ल्याउन सकेमा मात्र दिगो विकास हुने भन्दै कसैले थोपरेका योजनाले जनताले अपनत्व नलिने बताए । कार्यक्रममा ‘सिकार पर्यटन की दिगो पर्यटन’ तथा ढोरपाटनको ब्राण्डीङ सामाजिक सञ्जाल र मिडियामा कसरी भन्ने समूहगत छलफल भयो ।

पहिलो सत्रमा पर्यटन पत्रकार अमृत भादगाउँले, टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, पदयात्री सिर्जना सिज्जु र ढोरपाटन सिकार आरक्षका सूचना अधिकारी सागर सुवेदी सहभागि थिए । पत्रकार दिल शिरिषले गरेको सहजीकरणमा उनीहरुले ढोरपाटनलाई सिकार आरक्षबाट अलग बनाएपनि फरक नपर्ने, तर ढोरपटनको पहिचान नगुम्ने गरी योजना बनाएर आयआर्जनमा जोडिने, ढोरपाटनमा बहुआयामिक क्षेत्र समावेश गरेर पर्यटन गुरुयोजना बनाउनुपर्ने सुझाए । सुवेदीले भने सिकार आरक्षले राज्यलाई राजश्व सहयोग भएकोले त्यो सँगै अन्य पर्यटन प्रवद्र्दनात्मक काम गर्न सकिने बताए ।

उक्त अवसरमा मिडियाको भूमिकाबारे पत्रकार मोहराज शर्मा, राम नारायण सुवेदी र सिकार व्यवसायी दिपक थापाले बहस गरे । बहसमा ढोरपाटनको प्रचारमा अझै सञ्चार माध्यमहरु सक्रिय बन्नुपर्ने सुझाव आएको जिवन्त मिडियाका निर्देशक नवराज परियारले बताए ।

यो अभियानले ढोरपाटनको बहु आयामिक विकासबारे चर्चा शुरु भएको भन्दै ढोरपाटन नगरपालिकाका कावा प्रमुख कायतले अबका दिनमा अझै बढी प्रचार गर्ने, पर्यटक धेरै भित्राउने र होमस्टेहरु विस्तार गर्नेदेखि कृषि पर्यटन बिकासमा लगानी बढाउने बताए । त्यसका लागि आम नागरिकमा सचेतनाका कार्यक्रम लैजाने र ती कार्यक्रममार्फत पर्यटक बढाउने लक्ष्य समेत राखिएको उनले जानकारी दिए ।

ढोरपाटनको विकास र प्रचारमा समस्या परेको सालझण्डी ढोरपाटन सडक अब छिटो सक्न पनि दबाब दिने उनको भनाइ थियो । हाल केही काम गरेर सडक सहज बन्दै गरेकोले पर्यटकले ढोरपाटन भ्रमण गर्ने दिन लामो हुने र सहजै जान पनि सक्ने बताए । टान गण्डकीका अध्यक्ष आचार्यले पदयात्रा रुटमा ढोरपाटन जोड्ने काम थाल्ने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->