शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते


  • अनिष पाठक
  • असार १३ २०८३, शनिबार

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको गलकोट नगरपालिकाको बाह्रमुरीमा खेत रोपाई गर्दै गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । एक जना घाइते भएकी छन् । शुक्रबार खेतमा धान रोप्ने क्रममा विद्युतको पोलबाट करेन्ट प्रवाह हुँदा गलकोट नगरपालिका वडा नं. ३ बोहोराफाँटकी ५२ वर्षीय हेमकला भण्डारीको करेन्ट लागेर ज्यान गएको हो ।

इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरिक्षक डम्मबर बहादुर बोहोराका अनुसार, सोही क्रममा गलकोट नगरपालिका वडा नं. ३ हटियाकी ३२ वर्षीय सरस्वती थापा बोहोरा घाइते हुनुभएको छ । घाइते बोहोराको गलकोट नगर अस्पतालमा उपचार भईरहेको प्रनि बोहोराले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->