शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

‘आखरहिल्मा’ सार्वजनिक

‘आखरहिल्मा’ सार्वजनिक


  • ढोरपाटन संवाददाता
  • साउन १८ २०८३, सोमबार

पोखरा/लेखकद्वय जिबी राना र सावित्रा थापाको मगर (ढूट) भाषाको पहिलो कृति अक्खालिपि केन्द्रित पुस्तक आखरहिल्मा (अक्षराङ्क) लोकार्पणसहित यसबारे विमर्श गरिएको छ ।

मगर (ढूट) भाषा साहित्य र संस्कृतिलाई जर्गेणा गर्ने प्रयास गरिएको पुस्तक आखरहील्मा (अक्षराङ्क) नेपाल मगर लेखक संघ, स्याङ्जाले प्रकाशन गरेको हो । पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीरले गरेका हुन् ।

मगर (ढूट) अक्खालिपि र भाषा शिक्षणलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको प्रस्तुत पुस्तकमा सिकारुको उमेर र सिकाइको स्तर अनुसारका सामग्री समावेश गरिएको छ । मगर जातिको रैथाने खानाका परिकार यसको महत्व, सांस्कृतिक महत्वलाई पुस्तकमा समेटिएको छ ।

सात खण्डमा रहेको पुस्तकमा कथा, कविता, मुक्तक, डायरी, भित्तेपात्रो, निबन्ध, मगर भाषाको लिपिका ब्यानरहरु छन् । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष हर्क आले मगर लगायतले कृति लोर्कापण गरे । उनले नयाँ पिँढीका लागि यो पुस्तक उल्लेख्य उपलब्धि सावित हुने सुनाए ।

कार्यक्रममा नेपाली लेखक संघका केन्द्रीय सचिव मिलन समीर, नेपाल मगर लेखक संघका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक संघ स्याङ्जाका अध्यक्ष अनन्त अर्याल, नेपाल मगर संघका केन्द्रीय सदस्य गीता रखाली मगर, नेपाल मगर संघ स्याङ्जा सचिव धनबहादुर थापा, मगर लेखक संघ गण्डकी प्रदेश अध्यक्ष खड्क पामी आले, नेपाल मगर संघ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा र नेपाल मगर संघका केन्द्रीय सदस्य लक्ष्मी थापा मगर लगायतले बोलेका थिए ।

४३ वर्षीय रानाले जनसंख्या विषयमा स्नातकोत्तर गरेका छन् । उनी गल्याङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्यसमेत हुन् । ३९ वर्षीय थापा अंग्रेजीक शिक्षक हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->