बागलुङ/बागलुङमा अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर ‘मेरो युवा, मेरो देश’ शीर्षकमा कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समिति र नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रममा विभिन्न स्रष्टाले युवाको भूमिका, देशप्रतिको जिम्मेवारी, समृद्धि र परिवर्तनका विषय समेटिएका कविता वाचन गरेका थिए ।
उनीहरुले मुलुकको विकृति विसंगतिको अन्त्य गर्दै मुलुकलाई समृद्धिको दिशातर्फ अग्रसर गराउन युवा शक्ति सचेत भएर अगाडी बढ्नुपर्नेमा जोड दिएका थिए । सर्जकहरु रोशन कार्की, टेकबहादुर केसी, अस्मिता खड्का, बालकृष्ण शर्मा, मनोज थापा, ताराप्रसाद शर्मा स्टार, चन्द्रबहादुर क्षेत्री चन्द्रसुर्य, हिरा बहादुर केसी, प्रकाश थापा, कोपिला कँडेल, हिरा बहादुर केसी, प्रकाश रिजाल, याम बुढा मगर र शिवकला थापाले सिर्जना वाचन गरे ।
कार्यक्रमा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष राजनकुमार शाक्यले देश निर्माणमा युवाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवालाई सिर्जनशील, उद्यमशील र जिम्मेवार बन्न आग्रह गरे । राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला समितिका उपाध्यक्ष खिमानन्द पौडेलको अध्यक्षता, कार्यक्रम संयोजक अभिषेक कटुवाल क्षेत्रीको स्वागत र सचिव लिल बहादुर खत्री बबिनको संचानलमा सम्पन्न भएको थियो ।





