बागलुङ/बागलुङमा नारी साहित्य समाजले मासिक रूपमा आयोजना गर्दै आएको ‘साहित्य इन्द्रेणी’ कार्यक्रम तेस्रो श्रृङ्खला सम्पन्न भएको छ । कार्यक्रममा सर्जकले समाज परिवर्तन, विकास र राजनीति केन्द्रित कविता र गजल वाचन गरेका थिए ।
नारी साहित्य समाजका संस्थापक संरक्षक काजीरोशन, अध्यक्ष सुकुन्तला शर्मा, स्मृति प्रकाशनका उपाध्यक्ष रामचन्द्र शर्मा ‘उन्मुक्त’, निर्वतमान अध्यक्ष कृपा पौडेल, उपाध्यक्ष कोपीला कँडेल, सचिव शान्ती ज्ञवाली, कोषाध्यक्ष शन्तु खड्का, राधाकुमारी शर्मा र सन्ध्या शर्माले देशको समसायिक विषयमा रचना वाचन गरेका थिए ।
कार्यक्रममा बोल्दै संस्थापक संरक्षक काजीरोशनले साहित्यको विकास र विस्तारका लागि सबै मिलेर निरन्तर रुपमा साहित्य गतिविधिलाई बढाउनुपर्ने बताए । कार्यक्रममा स्रष्टा कालिका सापकोटा र दुर्गा न्यौपानले मन्तव्य व्यक्त गरेका थिए ।
साहित्य समाजका अध्यक्ष सुकुन्तला शर्माको अध्यक्षता, निवर्तमान अध्यक्ष कृपा पौडेलको स्वागत र सचिव शान्ती ज्ञवालीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





