सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३
  • ५ असोज २०८३ , सोमबार
  • September 21 2026

कविता : बाबा

कविता : बाबा


  • स्पर्श परियार‎
  • असोज ३ २०८३, शनिबार

उमेरका पाटाहरूसँगै, गालाका चाउरीहरु गन्दैछु,
‎म आज मेरै बाबाको, सङ्घर्षको कथा भन्दै छु ।
‎च्यातिएको चप्पल लगाइ, मलाई जुत्ता किनिदिने,
‎आफ्ना इच्छा सबै मारी, मेरो सपना चिनिदिने ।

‎काँधमा सारा संसार बोकी, मुस्कुराउने मेरो बाबा,
‎अथाह दुख लुकाई हृदयमा, खुसी हुने मेरो बाबा ।
‎निधारका ती संघर्षका रेखा, भुल्न कहाँ सक्छु र ?
‎हातका ती ठेलाहरू नदुखेको, भन्न कहाँ सक्छु र ?

‎घाम, पानी नभनी, वर्षौं माटोसँग पौठेजोरी खेल्नुभयो,
‎सन्तानको ओठमा हाँसो छर्न, आफै कतिचोटि रुनुभयो ।
‎हन्डर र ठक्करका हुरी चल्दा, बलियो खम्बा बनिदिनुभो,
‎मेरो ओइलाइएको सपनामा, प्राण भर्ने पानी दिनुभयो ।

‎मलाई पढाउन आफै कति रात, अनिदो नै बस्नुभयो,
‎मेरो भविष्य कोर्नलाई, आफू आफै दलदलमा फस्नुभो ।
‎लुगा नयाँ मलाई दिई, टालेको कोटमा जीवन खोज्ने बाबा,
‎आफू भोकै बसेर पनि, मलाई गाँस खुवाउने बाबा ।

‎जसको ओतमुनि बसेर, मैले सधैँ सुरक्षित महसुस गरे,
‎हजुरकै बलियो औँला समाती, म यो संसारमा अघि बढे ।
‎कहिले गाली भित्रको माया त, कहिले मौनताको गहिराई,
‎बुझ्दैछु आज हजुरको एक्लोपन र गरुङ्गो सङ्घर्षलाई ।

‎कुनै मन्दिर जानु पर्दैन, बुबाकै सान्निध्यमा स्वर्ग देख्छु,
‎हजुरकै छत्र छायाँमा, म मेरो सुन्दर भाग्य लेख्छु ।
‎आजन्म हजुरको प्रिय पुत्र, चरणकमलमा शिर राख्छु,
‎मेरो भगवान, मेरो आदर्श, हजुरलाई सधैँ मुटुमा सजाउँछु ।

‎‎गुराँस विद्या सदन, बागलुङ
‎कक्षा १०

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->