बागलुङ / ताराखाेलामा पहिराेले पुरिएर एक जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे ताराखाेला गाउँपालिका-५ धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिराेले मुत्यु भएको हाे ।
बिहीबारदेखी परेको अविरल वर्षाको कारण शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर राेकाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईले जानकारी दिए ।
रोका सुत्ने कोठामा पहिरो झरेकाे भन्दै घरमा भने आंशिक क्षति पुगेको उनकाे भनाइ छ । सुतिरहेको अवस्थामा राेका पहिरोमा परेकाे उनले बताए ।





